+
Search

ताजा अपडेट +

पपुलर +

सत्यको खोजीमा लागौं – सांसद केसी

Arjun Narsingh KC
डबली खबर
२ साल अगाडी

नुवाकोट – नेपाली काँग्रेसकका नेता एवं सांसद अर्जुननरसिंह केसीले पत्रकार सत्यको खोजीमा लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार विदुरमा आयोजित नेपाल प्रेस युनियन नुवाकोटको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद केसीले उक्त भनाइ राखेका हुन् ।

“प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो”, उनले भने “शुभेक्छुक संस्थाको नाताले काँग्रेसको सबै कमाण्ड मानुपर्छ भन्ने छैन ।”

सांसद केसीले पार्टीभित्र सत्य, असत्यको पक्षमा वातावरण मिलाउने र सबैलाई मिलाउने तर्फ लाग्नुपर्ने बताए ।

पत्रकारले सत्य, न्याय, आचरण, भ्रष्टचार विरोधी अभियानमा संलग्नताको खोजिमा लागे आफु सहयोग गर्न तत्पर रहेको बताए ।

सांसद केसीले जिल्लामा विकास निर्माण, नयाँ चेतना, लोकतन्त्रको स्थायीत्व र सृढिकरणको र न्यायको निम्ति पत्रकार संघसंस्था तथा पत्राकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ