२०८१, २० बैशाख बिहीबार

ब्याजदरबारे व्यवसायी र बैंकबीच छलफल

डबली खबर     श्रावण ८ २०८० १९:११

bankers and commercial businessman program in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ब्याजदरबारे बैंकर्स र उद्योगी व्यवसायीबीच सोमबार विदुरमा छलफल भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बैंक र वित्तीय संस्थाले व्यवसायीलाई प्रदान गरिने कर्जामा लगाईएको ब्याजदर वैज्ञानिक र व्यवहारिक नभएको सहभागीहरुले बताएका छन् ।

संघको आयोजनामा भएको उद्योगी व्यवसायीको समस्या सम्बन्धी कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पूर्वसदस्य राजन श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य ताराबहादुर कार्की, बागमती प्रदेश सदस्य गीता अमात्य, पूर्व अध्यक्ष शरणउत्सुक सापकोटालगायतको सहभागिता रहेको थियो।

उद्योग व्यवसाय र बैंक एक अर्काको पुरकको रुपमा रहेको र बैंकले व्यवसायीहरुको आर्थिक मन्दी निम्त्याएको अस्थिरता, व्यवसाय दैनिक घाटामा सञ्चालन भईरहेको कारण बैंकको ब्याजदरमा वृद्धिदेखि लिलाम, कालोसूची नामावली सार्वजनिक र व्यवसायी पलायनको अवस्थाको सम्बन्धमा बैंकले समझदारी भूमिका खेल्नुपर्ने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

बैंक र वित्तीय संस्थाले प्रदान गरिने व्यवसायिक महिला उद्यमी तथा कृषि अन्तर्गत सुलभ कर्जा लक्षित गर्न र व्यवसायीमा लगानी नभएको व्यवसायिक जनगुनासोलाई सम्बोधन गर्न संघले ध्यानाकर्षण समेत गरेको छ ।

कार्यक्रममा नवोदित व्यवसायीहरुको निरन्तता र संरक्षणको लागि आवश्यक सहयोग र परामर्शको लागि संघले नीतिगत कार्यको थालनी गर्नुपर्ने सहभागि रघुनाथ रिमालले बताए । भर्खरैमात्र लागू भएको मौद्रिक नीतिमार्फत ठूला व्यवसायी र निश्चित व्यवसायीको मागहरू पूरा भए पनि साना र मझौला व्यवसायी भने मारमा परेको अर्का सहभागी सुदर्शन दुवालले बताए ।

नबिल बैंकका नुवाकोट शाखा प्रबन्धक श्रीराम नेपालले जिल्लामा रहेका बैंकहरुले व्यवसायी तथा ग्राहकहरुको समस्या समाधानलाई सम्बोधन गर्न पूर्णरुपमा नसक्ने तर समस्या समाधानमा सहजीकरण गर्न सक्ने बताए । ब्याजदर महँगो उद्योग व्यवसाय संचालन गाह्रो भए ब्याजदर कम गर्न सहमत हुने बताए ।

कार्यक्रममा जिल्लामा रहेको दुईदर्जन बैंकका शाखा प्रमुख र आर्थिक मन्दीमा परेका उद्योगी व्यवसायीहरु बीच रहेको समस्या समाधानको विषयमा अन्तर्क्रिया भएको छ। साथै कर्जाको ब्याजदर घटाउन माग गर्दै र समयसमयमा परिवर्तन हुने कर्जाको ब्याजदरबारे सहजरुपमा बैंकले व्यवसायीहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top