+
Search

ताजा अपडेट +

पपुलर +

२० जनाले लिए बाँसुरी बजाउने तालिम

newari culture basuri flute training
डबली खबर
२ साल अगाडी

त्रिशुली – नेवारी संस्कृतिभित्र पर्ने बाँसुरी बजाउने सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको एक महिने तालिम शनिबार नुवाकोटमा सम्पन्न भएको छ ।

संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले त्रिशूली–काठमाडौं समाजले आयोजना गरिएको बाँसुरी बजाउने तालिममा त्रिशूली क्षेत्रका २० जना युवायुवतीहरूले भाग लिएको समाजका तालिम संयोजक राजेन्द्रभक्त अमात्यले जानकारी दिए ।

तालिमलाई विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्‍जितले समापन कार्यक्रममा बोल्दै तालिममा सिकेका ज्ञान र सीपलाई संस्कृति संरक्षणमा लगाउन अनुरोध गरेका छन् ।

गत जेष्ठ २१ गते साउन ६ गतेसम्म भएको प्रशिक्षणमा प्रशिक्षकद्वय सरोज महर्जन र सुरेश श्रेष्ठले सहजीकरण गरेका थिए ।

तालिम समापनको दिन प्रशिक्षार्थीहरुले बाँसुरी बजाएर स्थानीय क्षेत्रका देवीदेवताका मन्दिर परिक्रमा गरेका थिए । मन्दिर परिक्रमा स्थानीय नेवारी धिमे बाजा समुहले सहजता प्रदान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ