२०८१, १९ बैशाख बुधबार

बाँसुरी सिक्दै युवा

डबली खबर     जेष्ठ २५ २०८० १२:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशूली–काठमाडौं समाजको आयोजनामा जेष्ठ २१ गतेदेखि त्रिशूलीमा एकमहिने बाँसुरी प्रशिक्षण सुरु भइरहेको छ ।

विदुर नगरपालिका–१ त्रिशूलीको सुगतपुर विहारमा सुरु भइरहेको बाँसुरी प्रशिक्षणमा १६ पुरुष र चार महिला सहभागी रहेको समाजका अध्यक्ष देशभक्त प्रधानले जानकारी दिए ।

सरोज महर्जन र सुरेश श्रेष्ठ प्रशिक्षक रहेको बाँसुरी प्रशिक्षण कार्यक्रमको व्यवस्थापन गर्न समाजले पूर्वअध्यक्ष राजेन्द्रभक्त अमात्यको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

समाजले स्थापनादेखि नै त्रिशूलीमा निःशुल्क दन्त शिविर, स्वास्थ्य शिविर, धिमे बाजा बजाउने तालिम, उद्घोषण कलाको प्रशिक्षण र स्थानीय पर्व जात्रा सञ्चालनमा सहयोग र समन्वय गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top