२०८१, १६ बैशाख आईतवार

भारतीय राजदूतावासद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कूल बस हस्तान्तरण

डबली खबर     असार ३१ २०८० १७:३६

school bus gifted by Indian Embassy of Nepal Kathmandu
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भारतीय राजदूतावासले आज नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुलबस हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए। 

सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे।

उपहारस्वरूप नुवाकोटको विदुर नपा-१ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई एक स्कूल बस, किस्पाङ गाउँपालिका-४ साल्मे स्वास्थ्य चौकी र म्यागङ गाउँपालिका वडा नं. ३ देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एम्बुलेन्स प्राप्त भएको छ ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ। त्यसयता भारतले अहिलेसम्म नाै सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ। 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top