५ साउन, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आव २०८१/०८२ को प्रगति विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले विविध शिर्षकबाट ५ करोड ३५ लाख ४ हजार ८ सय ५६ रुपैँया राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । राजश्व संकलनमा ११ हजार ३ सय १३ वितरण गरेको राहदानीबाट रु. ५ करोड २२ लाख ८३ हजार ७ सय २५ रुपैँया राजश्व संकलन गरेको छ । नुवाकोटबाट करिब ९ हजार ८ सय जनाले राहदानी बनाएको उनले जानकारी दिए ।
कार्यालयले संस्था दर्ता तथा नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवाना लगायत शिर्षकबाट राजश्व संकलन भएको उनले जानकारी दिए ।
कार्यालयबाट गैर आवासिय नागरिकतासहित १७ हजार १६० वटा नागरिता वितरण गरेको छ । नयाँ संस्था दर्तातर्फ ३१ र सँस्था नवीकरणतर्फ १ सय ८३ वटा मात्र भएको छ । नाबालक परिचयपत्रतर्फ ४ सय ६० वटा भएको छ ।
विपदबाट ३७ घरमा क्षति पुगेकोमा ५ लाख ८७ हजार रुपैँया राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।