नुवाकोट – राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुले आज शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको हो ।
एक सूचना निकाल्दै बैंकको सबै विभाग तथा शाखा कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
यस्तै, संगम, सारथी, सहयोगी, काफलगेडी सहकारी लगायत जिल्लामा सञ्चालित अन्य सहकारीले आफ्ना शेयर सदस्य र सदस्यहरुको सुविधाको लागि शनिबार पनि सेवा प्रवाह गर्दैछ।
प्रतिक्रिया