नुवाकोटमा खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने

डबली खबर     असार २८, २०८०

sizen education study in Japan
ananda Jewellery shop

rapid chess tournament nuwakot

त्रिशुली – नुवाकोट बुद्धिचाल संघको आयोजनामा जिल्लास्तरीय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

साउन १९ र २० गते ढुंगेमा हुने प्रतियोगिताका खेल १५ मिनेट १० सेकेन्डको हुने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेटिङ्ग प्राप्त खेलाडीहरुसँग खेल्ने अवसर प्राप्त हुने उद्देश्यअनुरुप जिल्लामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रकाश जोशीले बताए । प्रतियोगितामा आवश्यक खेलाडीहरुसँग खेल्नुपर्ने अन्तर्राष्ट्रिय फिडे नियम भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराईने अध्यक्ष जोशीले बताए ।

ढुंगेस्थित होटल यांग्रामा हुने खुला प्रतियोगता हुने भएकोले जिल्लाका सबै बुद्धिचाल खेलाडीहरुलाई उक्त प्रतियोगितामा सहभागी हुन नुवाकोट बुद्धिचाल संघले आह्वान गरेको छ ।

प्रतियोगितामा विदुर नगरपालिका वडा नम्बर १ को कार्यालय मुख्य प्रायोजक रहेको छ । अनुमानित करिब १ लाख २५ हजारको बजेट रहेको प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन साउन १८ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ । जिल्लाका खेलाडीलाई दर्ता शुल्क तीन सय र जिल्लाबाहिरको खेलाडी लागि एक हजार रुपैयाँ तोकिएको छ । जिल्लाबाहिरका खेलाडीलाई एकदिनको आवासको व्यवस्था गरिएको संघले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top