२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

सहकारीका बजार प्रतिनिधिहरूको लागि क्षमता विकास तालिम

डबली खबर     असार २३ २०८० २२:१५

marketing cooperative training in nuwakot sahakari
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर नगरपालिकामा सञ्चालित आठ सहकारीहरुले संयुक्तरुपमा सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम शनिबार सम्पन्न गरेको छ । तालिममा विभिन्न सहकारी संस्थाका १८ जना कर्मचारीहरु सहभागी भएका थिए ।

तालिममा संगम बचत तथा ऋण सहकारी, जनमुखी बहुउद्देश्यीय सहकारी, शुलक्षणा बहुउद्देश्यीय सहकारी, सहयोगी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी साकोस, साँघु बहुउद्देश्यीय सहकारी, जय गणेश बहुउद्देश्यीय सहकारी र आदर्श बहुउद्देश्यीय सहकारीको संयुक्त आयोजनामा भएको जनाएको छ ।

शेयरसदस्यसँग प्रत्यक्ष संस्था र संस्थाको वस्तु तथा सेवा सुविधाको बारेमा जानकारी प्राप्ति र सम्प्रेषण गर्ने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि सम्बन्धि एक दिवसीय तालिममा आयोजना गरिएको कार्यक्रम संयोजक तथा संगम साकोसका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्बन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विधमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु आदि विषयकमा तेजप्रसाद बजगाईंले सहजीकरण गरेका थिए ।

जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, संघका पूर्व अध्यक्ष वैकुण्ठ मिश्र, आदर्श बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष रामचन्द्र भण्डारी, संगम साकोसका उपाध्यक्ष केशव मिश्र, व्यवस्थापक अजयकुमार थापा लगायतको उपस्थिति रहेको तालिममा बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप तालिम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top