लोकप्रिय गायक एवम् संगीतकार सिडी विजय अधिकारीको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ ।
अधिकारीको स्वरमा रहेको गीतमा जीवनदास सुनारको शब्द/रचना, सिडी विजयको म्युजिक कम्पोज रहेको छ ।
एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीत र गीतको म्युजिक भिडिओलाई मंगलबार साँझ सार्वजनिक गरिएको हो ।
गीतको अंग्रेजी उपशीर्षकमा तयार गरिएको भिडिओमा बिना राउत र कमल सिंहको अभिनय रहेको छ ।
लोकप्रिय गीतका भिडिओहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले गीतको म्यूजिक भिडिओलाई निर्देशन गरेका हुन् । भिडिओमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी , सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ”म चन्द्रमा हुँ ” गीत रिलिजको छोटो समयमै निकै चर्चित बनेको थियो ।
सिडी विजय र एनक्समसको ‘ दुरी मजबुरी’ र ‘अविरल माया ‘स्रोता दर्शकले अत्याधिक रुचाइएका गीतहरुमा पर्छन् ।
म्युजिक भिडिओ

प्रतिक्रिया