२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

मदन भण्डारीको जन्मजयन्तीमा टिकटक प्रतियोगिता

डबली खबर     असार ८ २०८० १५:२८

press chautari manda bhandari tiktok competition 2080
pratik book and stationery center in nuwakot

काठमाडौं – मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीयको पुरस्कार क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार व्यवस्था गरिएको छ । यस्तै, सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन् ।

प्रेस चौतारीले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो ।

प्रेस चौतारीका अध्यक्ष बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवा पुस्तासँग जोडेर समृद्ध नेपाल: सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टिकटक प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘मदन भण्डारी र समृद्ध नेपाल: सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायतका रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले बताए ।

उनका अनुसार प्रतियोगीहरुले #madanbhandari #presschautarinepal ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ । सोहीअनुसार असारको अन्तिमसाता काठमाडौंमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालले जनाएको छ ।

यसबाहेक प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्तीमा देशभर साताव्यापी रचनात्मक कार्यक्रमहरु आयोजना गर्दैछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top