२०८१, १९ बैशाख बुधबार

सवारीसाधनमा तोकिएको भाडादरभन्दा बढी लिए कारवाही गरिने, भाडादर निर्धारण

डबली खबर     जेष्ठ ३१ २०८० १४:४७

public vehicle tariff fix
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनमा कडाइ गर्ने भएको छ ।

बुधबार बसेको सार्वजानिक यातायातका सरोकारवाला र यातायात व्यवसायीको बैठकले तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले बताए । 

यसैगरी बैठकले यात्रुवाहक सवारीहरुले यात्रुले दिने सुविधामा तोकिएअनुसार सेवा सुविधा प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्ने निर्णय गरेको छ । प्रत्येक महिनाको १५ र ३० गते अनुगमन गर्ने र सेवामा कमि कमजोरी देखि तत्काल सुधारको लागि सुझाव दिने निर्णय गरेको छ ।

बैठकले यातायात भाडामा अस्वाभाविक रुपमा असुली गरेको जनगुनासो आएकोले त्रिशूलीदेखि गल्छीसम्मको भाडा एसी बसले १३० र अन्यले ११०, ढुंगेदेखि बेत्रावतीसम्म ४०, त्रिशूली काठमाडौंको एसी बसले ३७० र डिलक्स बसको ३१० भाडादर निर्धारण गरेको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालय, नागरिक समाज, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top