काठमाडौं – आइएमई लिमिटेडले आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यवसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरे ।
ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशिल भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउदै लैजाने बताउए । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उल्लेख गरे ।
सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाने बताए।
त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तिहरुलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए ।
उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका बिजेता र उपबिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया