२०८१, २४ बैशाख सोमबार

जालपादेवी मन्दिरमा क्युआर कोड

डबली खबर     जेष्ठ २९ २०८० १५:१७

citizen bank handover qr code box in jalapadevi temple devighat nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई क्युआर कोड भएको चन्दा बाकस प्रदान गरेको छ ।

बैंकका देवीघाट शाखाका प्रमुख कृष्णप्रसाद धितालले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोललाई उक्त बाकस हस्तान्तरण गरेको हो ।

क्युआर कोड सेवाले आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने अध्यक्ष डंगोलले बताए ।

उक्त कोडबाट भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत् सजिलै जालपादेवी मन्दिरमा डिजिटल रुपमा भेटी चढाउन सकिने भएको छ ।

यस माध्यमबाट भेटी चढाउँदा कागजको नोट सुरक्षित हुनुकोसाथै सोझै मन्दिर संरक्षण समितिको बैंक खातामा पुग्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top