२०८१, १९ बैशाख बुधबार

पत्रकारलाई आत्मसुरक्षा तालिम

डबली खबर     जेष्ठ २९ २०८० १४:४१

journalist defense training nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा पत्रकारलाई हुने सक्ने सम्भावित दुर्घटनाबाट बच्न दुईदिने पत्रकारलाई आत्मसुरक्षा तालिम दिएको छ ।

उकेरा अनलाईन पत्रिकाका प्रधान सम्पादक केपी ढुंगानाले तालिममा समाचार लेखनको प्रभावकारिता, प्रकाशनपछिको खण्डनको साथै मानसिक र शारिरीक रुपमा आफु कसरी तयार हुने र अनलाईन तथा सामाजिक सञ्जालमा सुरक्षित रही पत्रकारिता गर्ने तरिका सिकाइएको थियो ।

प्रदेश युवा परिषद बागमती प्रदेशबाट तालिमप्राप्त प्रशिक्षकद्वय शान्ति रिमाल र उषा गुरुङले कोहि कसैबाट कुनै पनि स्थानमा हुने सम्भावित दुर्घटनाबाट आफु कसरी सुरक्षित रहने वा प्रतिकार गर्नका लागि हात पन्छाउने, छेक्ने, हटाउनेलगायतका तरिकाबारे सिकाइन् ।

तालिममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रतिकार युनिट समुहले साधारण अवस्थामा आफूलाई बचाउने तरिका र हातहतियार चलाएको व्यक्तिबाट बच्ने तरिका सिकाईएको थियो ।

प्रदेश युवा परिषद बागमती प्रदेशको सहयोगमा जेष्ठ २८ र २९ गते भएको तालिममा ३० पत्रकारहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top