गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ (असार १) मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिदैछन् । आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन् ।
दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजी लाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं । उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन् ।
उनले यो कार्यक्रम गर्नुको उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन रहेको बताए । ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने । मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।

प्रतिक्रिया