sujim advert

पत्रकार शक्तिमाया तामाङ पुरस्कृत

डबली खबर     जेष्ठ १६, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rewarded journalist shaktimaya tamang
bidur tax consultancy services in nuwakot

नुवाकोट – बागमती प्रदेश सरकारले पत्रकार तथा विभिन्न विधाका व्यक्ति गरी १२ जनालाई सम्मान गरेकाे छ । प्रदेश सरकारले विकास र समृद्धिमा भूमिका खेलेको भन्दै १६ औँ गणतन्त्र दिवस २०८० का अवसरमा सोमबार गणतन्त्र दिवस कार्यक्रममा ६ जना पत्रकारलाई नगदसहित सम्मान गरेको हो भने प्रदेश सरकारले खुला लेख प्रतियोगितामार्फत् ६ जनालाई पुरस्कृत गरेको छ ।

प्रदेश सरकारले बागमती प्रदेशमा पत्रकारितामार्फत क्रियाशील रही समाज रुपान्तरणमा अनुकरणीय भूमिकाको योगदान र मूल्यांकन गर्दै नुवाकोटका पत्रकार शक्तिमाया तामाङलाई सम्मानसहित २० हजार नगदले पुरस्कृत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेल द्वयले पत्रकार तामाङलाई संयुक्तरुपमा पुरस्कृत गरेका हुन् ।

बिबिसी नेपाली सेवा र नुवाकोटको रेडियो चिम्टेश्वरमा आबद्ध छन् भने को जिल्ला प्रतिनिधि हुन् भने पत्रकार तामाङ नेपाल जनजाती आदिवासी पत्रकार महासंघ नुवाकोटका अध्यक्ष हुन् ।

यस्तै, प्रदेशमा पत्रकारितामार्फत समाजको बहुआयामिक विकासमा टेवा पुर्‍याएकोमा अग्रज पत्रकार सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजु, विकाश पत्रकारिता सम्मानबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामीण पत्रकारिता सम्मानबाट मकवानपुरका पत्रकार शिवकुमार रिजाल ‘काशी’ र युवा पत्रकारिता सम्मानबाट सिन्धुलीका विक्रम रत्नलाई पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही २० हजार रुपैयाँ रहेको छ।

उक्त अवसरमा प्रदेश सरकारले खुला लेख प्रतियोगितामार्फत् ६ जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त लेख सङ्कलन तथा मूल्याङ्कन गरेको थियो । मन्त्रालयले सञ्चार रजिस्ट्रारको कार्यालयबाट मूल्याङ्कन गरिएका ६ जनालाई पुरस्कृत गरेको हो ।

जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुरेन्द्र कार्की प्रथम भएका छन् । कार्की मन्त्रालयका सूचना अधिकारी समेत हुन् । त्यस्तै प्रतियोगितामा मकवानपुरमा क्रियाशील रहेका पत्रकार सुनिता विष्ट, प्रेमकला पौडेल द्वितीय भए भने काठमाडौँका पत्रकार फणीन्द्र फुयाँल, पत्रकार अनीश मिजार, शिवराज योगी तृतीय भए । उनीहरू क्रमशः १५ हजार रुपैयाँ, १०/१० हजार रुपैयाँ र ५/५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top