+
Search

ताजा अपडेट +

पपुलर +

दुधको क्यान बोकेरै मासिक १७ हजार

khem prasad bhatta milk can porter nuwakot nepal
डबली खबर
३ साल अगाडी

नुवाकोट – सदाझैं झिसमिसेमै उठेर गाउँघरबाट दुध संकलन गरी सदरमुकाम विदुरसम्म दुध पु¥र्याउन छन् – खेमप्रसाद भट्ट ।

विदुर नगरपालिका १२ नं. वडा भट्ट गाउँस्थित किसानहरुका घरबाट दुध संकलन गरेर दूध डेरीसम्म पु¥याउन थालेको १५ वर्ष बितिसकेको छ ।

“विदुरमा दुध पुर्याउन थालेको चैं ११ वर्ष भो”, उनले भने “त्यो भन्दा पहिले अरु ठाउँमा प्लास्टिकका बट्टामा दुध राखी दुध पु¥याउने गरेको थिएँ ।“

करिब दुई घण्टाभन्दा बढी समय खर्चेर दिनहुँ ४० लिटर दुधको क्यान बोकेर पुर्याउने गर्छन् । घरेलुबाट दुध प्रशोधनको तालिमसमेत लिएका उनले आफै दुधको फ्याट मात्रा चेकजाँच गर्ने, दुध संकलन गर्ने अनि दुध डेरीसम्म पुर्याउने गर्छन् । गाउँघरको दुध पु¥याउन उनलाई सहकारी आवश्यक पर्दैन । न त दक्ष प्राविधिक नै । आफ्नो हात जगन्नाथ भनेझैँ हातमा सीप छ उनको ।

“दुधको क्यान बोकेर महिनाको १५ सयमा पाउने गरेको थिएँ” उनले भने, “अहिले महिनाको १७ हजार कमाउँछु । क्यानमा दुध बोकेरै ५ जनाको परिवार पालेको छु ।”

“घर खर्च धानेको छ । बिहान दुध बोक्छु, दिउँसो घर, खेतबारीमा समय खर्चने गरेको छु । दुधको लागि दुईवटा भैँसी पालेको छु । भैँसीलाई घाँसपात, आहार गर्छु ।”

बायाँबाट: खेमप्रसाद, महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट | फोटो: सुनील श्रेष्ठ

उनीसँगै दुध पु¥याउन अरु दुईजना साथी छन् – महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट । तीनै जना लस्करै, सुसेल्दै, रमाईलो गर्दै दुधको क्यान बोकेर हिँड्ने गर्छन् । उनीहरुको विश्रामस्थल सिमचौरस्थित झोलुङ्गे पुलमा आएर हुने गर्दछ । विदुर नपा वडा नम्बर ४ र १२ जोड्ने झोलुङ्गे पुलसँगै एकसय मिटरको पक्की पुल बनिरहेको छ, पुलले उनीहरुलाई सहज हुने भएको बताउँछन् ।

“गाउँमै पसिना बगाएर आएको आम्दानीले म सन्तुष्ट छु” उनले भने, “सदरमुकामसम्म दूध लैजान सवारीसाधन माथि गाउँसम्म मोटर बाटो पुगे पनि कच्ची बाटोले गर्दा वर्षामा मोटर नजाने भएकोले दुध बोकेरै लाने गरेका हौं।”

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ