नुवाकोट – सदाझैं झिसमिसेमै उठेर गाउँघरबाट दुध संकलन गरी सदरमुकाम विदुरसम्म दुध पु¥र्याउन छन् – खेमप्रसाद भट्ट ।
विदुर नगरपालिका १२ नं. वडा भट्ट गाउँस्थित किसानहरुका घरबाट दुध संकलन गरेर दूध डेरीसम्म पु¥याउन थालेको १५ वर्ष बितिसकेको छ ।
“विदुरमा दुध पुर्याउन थालेको चैं ११ वर्ष भो”, उनले भने “त्यो भन्दा पहिले अरु ठाउँमा प्लास्टिकका बट्टामा दुध राखी दुध पु¥याउने गरेको थिएँ ।“
करिब दुई घण्टाभन्दा बढी समय खर्चेर दिनहुँ ४० लिटर दुधको क्यान बोकेर पुर्याउने गर्छन् । घरेलुबाट दुध प्रशोधनको तालिमसमेत लिएका उनले आफै दुधको फ्याट मात्रा चेकजाँच गर्ने, दुध संकलन गर्ने अनि दुध डेरीसम्म पुर्याउने गर्छन् । गाउँघरको दुध पु¥याउन उनलाई सहकारी आवश्यक पर्दैन । न त दक्ष प्राविधिक नै । आफ्नो हात जगन्नाथ भनेझैँ हातमा सीप छ उनको ।
“दुधको क्यान बोकेर महिनाको १५ सयमा पाउने गरेको थिएँ” उनले भने, “अहिले महिनाको १७ हजार कमाउँछु । क्यानमा दुध बोकेरै ५ जनाको परिवार पालेको छु ।”
“घर खर्च धानेको छ । बिहान दुध बोक्छु, दिउँसो घर, खेतबारीमा समय खर्चने गरेको छु । दुधको लागि दुईवटा भैँसी पालेको छु । भैँसीलाई घाँसपात, आहार गर्छु ।”

उनीसँगै दुध पु¥याउन अरु दुईजना साथी छन् – महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट । तीनै जना लस्करै, सुसेल्दै, रमाईलो गर्दै दुधको क्यान बोकेर हिँड्ने गर्छन् । उनीहरुको विश्रामस्थल सिमचौरस्थित झोलुङ्गे पुलमा आएर हुने गर्दछ । विदुर नपा वडा नम्बर ४ र १२ जोड्ने झोलुङ्गे पुलसँगै एकसय मिटरको पक्की पुल बनिरहेको छ, पुलले उनीहरुलाई सहज हुने भएको बताउँछन् ।
“गाउँमै पसिना बगाएर आएको आम्दानीले म सन्तुष्ट छु” उनले भने, “सदरमुकामसम्म दूध लैजान सवारीसाधन माथि गाउँसम्म मोटर बाटो पुगे पनि कच्ची बाटोले गर्दा वर्षामा मोटर नजाने भएकोले दुध बोकेरै लाने गरेका हौं।”
प्रतिक्रिया