नुवाकोट – नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटीले स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचित चार विद्यार्थी नेतालाई सम्मान गरेको छ ।
खेलकुद महासंघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको तर्फबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोटको स्ववियु निर्वाचनमा निर्वाचित भएका तीन जनालाई सम्मान गरेको महासंघका अध्यक्ष रामकाजी दीक्षितले जानकारी दिए ।
सम्मानित हुनेमा स्ववियुका कोषाध्यक्ष मनोज पौडेल र सदस्यहरु सन्जिता रिमाल र प्रदिप ढुङ्गाना रहेका छन् ।
यसैगरी खेलकुद महासंघले शंकरदेव क्याम्पसको स्ववियुको सदस्य पदमा निर्वाचित नुवाकोटकी बिबिना लामिछानेलाई सम्मान गरेको छ ।
नवनिर्वाचित विद्यार्थी नेताहरुलाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी, नेकपा एकीकृत समाजवादी नुवाकोटका सचिव पदम उप्रेती, जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुलगायतले संयूक्तरुपमा खादा लगाई सम्मान-पत्रले सम्मान गरेको छ ।
प्रतिक्रिया