२०८१, ११ बैशाख मंगलवार

मेट्रो मार्टमा सामान किन्दा १० प्रतिशत छुट

डबली खबर     चैत्र ५ २०७९ १५:१४

global ime bank metromart qrcode
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौँभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको रु. १०० सम्म र योजना अवधिभर रु. ३०० सम्म डिस्काउन्ट पाइने बैंकले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौँ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने जनाइएको छ ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top