२०८१, १४ बैशाख शुक्रबार

“प्रेमको झिरै” बजारमा

डबली खबर     चैत्र ५ २०७९ १५:१०

prem jhiraima prem lama
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । केपी दंगालको दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडिओ पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको हो ।

गीतमा मातृकाप्रसाद आचार्य र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन रहेको छ ।

गीतको ध्वनि सम्पादनमा किशोर थापाले गरेको छ । गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडिओमा सर्जक दंगाल र स्मारिका ढकालको अभिनय रहेको छ ।

प्रेम लामाले छायाङ्कन र निर्देशन गरेको म्युजिक भिडिओलाई प्रेमनाथ श्रेष्ठले ड्रोन छायाङ्कन रहेको छ । उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यस अघि पनि सर्जक दंगालको पहिलो सांगितिक कोसीली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top