२०८१, १३ बैशाख बिहीबार

पत्रकारितामा नरहेकालाई सदस्यता त्याग्न महासंघको अपिल

डबली खबर     माघ २० २०७९ ११:१२

Building of Federation of Nepali Journalists
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका व्यक्तिहरुलाई महासंघको सदस्यता स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपिल गरेको छ। महासंघले पत्रकारिता पेशामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा सदस्याता छाड्न अपिल गरेको हो।

महासंघले बिहिवार अपिल पत्र सार्वजनिक गर्दै ‘सदस्यता शुद्धीकरण अभियान २०७९’ निर्माण भएको अवगत गराउँदै सोही अनुसार कार्य अगाडि बढ्ने जनाएको छ।

गत पुस ८ र ९ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महासंघको केन्द्रिय साधारणसभा सम्पन्न भयो। उक्त साधारणसभाबाट पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समिति’ निर्माण भएको थियो।

उक्त समितीको बैठकहरुबाट ‘सदस्यता सुद्धीकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भएको महासंघले जनाएको छ। सो अभियानमा साथ दिन महासंघले सम्पुर्ण सदस्यहरू र सबै शाखाहरु, एसोसिएट संस्थाहरु र वैदेशिक शाखाहरुलाई साथ दिन आह्वान गरेको छ।

गैरपत्रकारहरुले स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग नगरेमा समितिले तयार पारेको सदस्यता सुद्धीकरण मापदण्ड मस्यौदामाथि शाखा, एसोसिएट, प्रदेश र केन्द्रिय समितिसँग आवश्यक परामर्श लिइने महासंघले जनाएको छ।

सो परामर्शपछि अन्तिम रुप दिई कडाइका साथ लागू गरिने समेत जनाइको छ। जसमा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्यता त्याग गरेको नपाईए प्रक्रियागत रुपमै सदस्यताको सूचीबाट हटाइने महासंघले चेतावनी दिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top