२०८१, १३ बैशाख बिहीबार

ढुंगेमा प्रतिक बुक्स एण्ड स्टेशनरीको पहिलो शाखा

डबली खबर     माघ १२ २०७९ १९:०४

pratik books dhunge inauguration
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – वसन्त पञ्चमीको अवसर पारेर यांग्रा प्लाजा ढुंगेमा प्रतिक बुक्स एण्ड स्टेशनरीको पहिलो शाखा सञ्चालनमा आएको छ ।

विदुर नगरपालिका-९ हात्तिगौड़ा चोकमा रहेको स्टेशनरीको आज एक कार्यक्रमकाबीचमा एक नम्बर प्रदेशसभाका सांसद तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व स्वकीय उपसचिव मिना श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले स्टेशनरीले कार्यालय, विद्यालय, पाठ्यपुस्तकालय, प्रयोगशालालगायतको प्रशासनिक कार्यमा उक्त स्टेसनरीले सहज बनाउन मद्दत गर्ने बताईन् ।

स्टेशनरीमा प्रारम्भिक बाल विकास (इसिडी)का शैक्षिक सामाग्री, विज्ञान प्रयोगशाला, गणितीय, पुस्तकालय, खेलकुदका सामग्री, पाठ्यपुस्तकलगायत कार्यालयमा प्रशासनिक कार्यका लागि आवश्यक सम्पूर्ण सामाग्री एकै छानामुनी पाईने सञ्चालक गोकर्ण रोक्काले जानकारी दिए ।

स्टेशनरीको शाखा सञ्चालनसँगै सबै सामग्रीमा विशेष छुटको व्यवस्था रहेको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top