२०८१, १७ बैशाख सोमबार

पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने पुरस्कृत

डबली खबर     माघ ८ २०७९ १२:३३

journalist gyanendranath neupane awarded
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – स्वर्गीय रामकृृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट रसुवाका जेष्ठ पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने पुरस्कृत तथा सम्मानित भएका छन् ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आठौँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार न्यौपानेलाई रु. ११ हजार एक सय ११ नगद पुरस्कारसहित प्रमाण र दोसल्लासहित सम्मान गरिएको हो ।

यसघि ०७२ सालमा पत्रकार न्यौपाने भूकम्प प्रभावित क्षेत्रका सक्रिय समाचारदाताबाट राष्ट्रिय समाचार समितिबाट पुरस्कृत भएका थिए । पत्रकार न्यौपाने नेपाल पत्रकार महासंघ रसुवाका संस्थापक अध्यक्ष हुन् । ०४२ देखि पत्रकारिता पेशामा हुमिएका न्यौपानेले जिल्लाको पत्रकारिता क्षेत्रमा न्यायोचित र समयानुकुल गर्नमा अतुलनीय योगदान गरेका छन् ।

शनिबारनै भएको तेस्रो अधिवेशनबाट संस्थाको अध्यक्षमा सोहम सुवेदी निर्विरोध चयन भएका छन् ।

अधिवेशनले सुवेदीको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा गिता घिमिरे, सचिवमा गिता न्यौपाने, कोषाध्यक्षमा दुर्गानाथ न्यौपानेलाई चयन हुनुभएको छ ।

सदस्यहरुमा शिवराम भण्डारी, केशव मिश्र र शर्मिला न्यौपाने घिमिरे चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top