२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

सातौँ नुवाकोट महोत्सव माघ २७ गतेदेखि हुने

डबली खबर     माघ ५ २०७९ १७:०५

press meet nuwakot mahotsav 2079
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ गतेदेखि फागुन १० गतेसम्म सातौँ नुवाकोट महोत्सव गर्ने भएको छ। ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

बिहिबार विदुरमा संघले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने उद्देश्य महोत्सवको रहेको बताए ।

महोत्सव सञ्चालनका लागि विभिन्न ३० वटा विषयगत उपसमितिहरु निर्माण गरिएको संघका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिए ।

महोत्सवमा २० करोडको कारोबार हुने लक्ष्य राखिएकोमा करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । महोत्सवबाट २० लाख मुनाफा हुने लक्ष्य रहेको उनले बताए ।

महोत्सवको टिकट एकसय रुपैंयाँ राखिएको छ । जसमा विद्यार्थीलाई ६० रुपैंयाँ तोकिएको छ ।

विदुर नगरपालिकाको पिपलटारमा हुने महोत्सवमा ३०० वटा विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top