विदुर – द्वन्दकालमा बेपत्ता भएका एक परिवारलाई विदुर नगरपालिकाले आर्थिक रूपमा सहयोग प्रदान गरेको छ । बुधबार विदुर नपा-४ निवासी रामजी रेग्मीको परिवारलाई नगरपालिकाले सहयोग रकम उपलब्ध गराएको हो ।
बेपत्ता परिवार छानविन गर्न नेपाल सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको थियो । उक्त आयोगले विदुर नगरपालिकाको बेपत्ता पारिएका एक व्यक्तिको विवरण पठाएको र आयोगले स्थानिय तहबाट विभिन्न खालका सहयोग दिन सिफारिस गरेको थियो ।
सोही सिफारिस अनुसार रेग्मीको परिवारलाई जीवन निर्वाहको लागि केहि राहत पुगोस् भन्दै ५० हजारको चेक प्रदान गरेको नगरप्रमुख मेयर राजन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया