२०८१, १७ बैशाख सोमबार

पाँचौं थारु माघी महोत्सव मनाईयो

डबली खबर     माघ २ २०७९ ११:३६

Maghi Mahotsav 2079
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौंडा – थारु जातिको महान् पर्व माघीको अवसरमा महोत्सव गरी धुमधामका साथ मनाईएको छ । पाँचौं थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखेर भव्य रुपमा मनाईको हो ।

महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा बिक्रीका लागि राखिएको थियो । महोत्सवमा विशेष लौरी नृत्य, थारु युवक–युवती, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गित गायन तथा नृत्यसँगै थारुको कला, पोशाक, गहना, घरेलु सामग्रीहरु प्रस्तुत गरेका थिए ।

‘थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने नाराका साथ माघी महोत्सव मनाईएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा पाँचौ थारु माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।

माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउँने गर्दछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top