२०८०, २४ जेष्ठ बुधबार

तीन इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, हिमालयन लाइफका नाममा कारोबार गर्ने

डबली खबर     माघ २ २०७९ ०९:३२

prime life union life gurans life merger mou
Diyo Pathshala Montessori

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच आईतबार एकआपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ । यसअघि सैद्धान्तिक सहमती भई डिडिए टुँगो लगाईसकेका कम्पनीले बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालको उपस्थितीमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता गरेका हुन् ।

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको १:१:१ सेयर अनुपात कायम गरिएको छ ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमारलाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top