२०८०, २४ जेष्ठ बुधबार

जम्बोटोलीसहित विदुर खानेपानीको मुहान निरीक्षण, निर्माण व्यवसायीले काम पुरा नगरे कारवाही गरिने

सुनील श्रेष्ठ     पुष १९ २०७९ १५:४५

Bidur Drinking Water Supervision
Diyo Pathshala Montessori

नुवाकोट – दक्षिण एशियाकै उदारिणीय रहेको विदुर खानेपानीको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । मङ्गलबार विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको आयोजनामा नगर प्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्षहरु, जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रहरी प्रमुख रमेश पण्डित, विदुर नगरपालिकाका निवर्तमान प्रमुख सञ्जु पण्डित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, राजनैतिक दल, उपभोक्ता मञ्च, नागरिक समाजलगायतको जम्बो टोलीले विदुर खानेपानीको सिञ्चित बाराही ट्यांकीदेखि फलाखु खोला क्षेत्रको स्थलगत निरीक्षण तथा अवलोकन गरेको हो ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माणाधीन तेस्रो साना शहरी खानेपानी आयोजनाको अनुगमनपछिको बैठकले विदुर खानेपानी आयोजनाको पूर्ण निर्माणमा दबाब दिन, वैकल्पिक स्रोत र खानेपानी वितरणमा तदारुकतामा चार निर्णय गरेको छ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयोजित निरीक्षण तथा सर्वेक्षण गर्दा फलाखु खोलाको मुहानमा शेरवाल र चेक ड्याम बनाई संरक्षण गर्नुपर्ने देखिएकोले उक्त कार्य गर्न खानेपानी आयोजना व्यवस्थापन कार्यालयलगायत सम्बन्धित निकायमा आवश्यक पहल गर्नुपर्ने निर्णय गरेको छ । बेत्रावतीको पहिरोमा मुख्य लाईन पाईप जोखिम अवस्थामा देखिएकोले त्रिशुली खोला नजिक संरक्षणको लागि आवश्यक कार्य अगाडी बढाउन सम्बन्धित निकायहरुमा पहल गर्नुपर्ने उल्लेख छ ।

निर्माण व्यवसायी सिको कालिका तुन्दी जेभीले बाँकी कार्य सम्पन्न गर्नुपर्नेमा विदुर नगरपालिका वडा नम्बर ९ मा करिब एकहजार घरधुरीमा खानेपानी सञ्चालन नभएकाले छिटोभन्दा छिटो खानेपानी सञ्चालित गराउन सम्बन्धित निकायमा जानकारी गराउने अन्यथा आवश्यक कारवाही अगाडी बढाउन माग गरेको छ ।

वैकल्पिक स्रोतमा तादी खोलाको मुहान गरी समवेल प्रविधिबाट बट्टार ट्यांकी र विदुर ट्यांकीमा प्रति सेकेण्ड कम्तिमा ६० लिटर बराबर पानी ल्याउन आयोजना व्यवस्थापनको कार्यालय पानीपोखरी काठमाडौंलाई आवश्यक पहल गर्न निर्णय गरेको छ । संस्थाबाट सञ्चालित खानेपानीमा विभिन्न स्थानका उपभोक्ताबाट अनियमित तथा दुरुपयोगको कारण सबै स्थानमा खानेपानी सञ्चालन गर्न नसकिएकोले सम्पूर्ण उपभोक्तालाई खानेपानी खुवाउने दायित्व उपभोक्ताको साथै स्थानीय सरकारलगायत सरोकारवाला गरी खानेपानी सञ्चालन कार्यमा सहयोग पुर्याउन अनुरोध गर्ने निर्यण गरेको छ ।

२०७३ सालमा सञ्चालन भएको तेस्रो साना शहरी खानेपानी आयोजना विविध कारण एवं निर्माण व्यवसायीको ढिलाईको कारण हालसम्म आयोजना सम्पन्न नभएतापनि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ का चार हजार घरधुरीमा खानेपानी सञ्चालन गर्न सफल भएको विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए ।

हाल विदुर नपा-२ को दिवाकर डाँडामा २० लाख लिटर क्षमता भएको ट्यांकीबाट फलाखु मुहानबाट प्रति सेकेण्ड ८० लिटर पानीलाई फिल्टर मिडिया प्रविधिबाट शुद्धिकरण गरि चारहजार दुईसय घरधुरीलाई खानेपानी आपूर्ति गर्दै आईरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बाढी र पहिरोले विदुरको नगरस्तरीय खानेपानी आयोजनालाई विगतमा धेरै क्षति पुर्‍याउदै आएको छ। समय–समयमा आउने विपदले खानेपानी प्रणालीको मुहान, पाइप र अन्य पूर्वाधारहरू बगाउने वा नष्ट गर्ने गरेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top