२०८१, १३ बैशाख बिहीबार

ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय

डबली खबर     कार्तिक ३० २०७९ १७:४७

nepal banker association
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – वाणिज्य बैंकहरुले आगामी मंसिर महिनामा ब्याजदर नघटाउने भएका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को मंगलबार बसेको बैठकले मंसिर महिनामा बैंकको व्याजदर स्थिर राख्ने निर्णय गरेका हुन् ।

वाणिज्य बैंकहरुले हाल व्यक्तिगत मुद्दति निक्षेपको १२.१३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३ प्रतिशत र रेमिट्यान्स निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर कायम राखेका छन् ।

यस्तै यसरी निक्षेपको ब्याजदर लगातार बढेपछि कर्जाको ब्याजदर पनि बढेर १८ प्रतिशतसम्म पुगेको छ । जसका कारण निजी क्षेत्र हाल आन्दोलित भईरहेको छ ।

निजी क्षेत्रले बैंकको ब्याजदर घटाउन दवाव दिँदै आएपनि बैंकहरुले भने सोही अनुसार ब्याजदर घटाउन नसकिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top