२०८१, ११ बैशाख मंगलवार

नुवाकोटका कुन उम्मेदवारले फेसबुकमा कति गरे खर्च?

डबली खबर     कार्तिक २९ २०७९ १५:४०

election nepal 2079 nuwakot meta boost facebook advert
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी मंसिर ४ मा हुन प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन्।

मेटाको तथ्याँक अनुसार हालसम्म नुवाकोटका उम्मेदवारहरुले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि कुल ७०० डलर अर्थात ९० हजार ६९९ नेपाली रुपैंया खर्च गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर प्रचार गर्नेहरुमा सबैभन्दा स्वतन्त्र उम्मेदवार सफलता बोगटी रहेकी छिन्। उनले ३०० डलर खर्चेकी छिन् । उनले दुईवटा भिडिओ र एक फोटो गरी तीन पोस्टका सामाग्री बुस्ट गरेकी छिन् । उनी नुवाकोट क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेकी छिन् ।

नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री मैनालीका नाममा युएमएल नुवाकोट १ ले १०० डलर १०० डलर अर्थात् १२ हजार ९५७ रुपैयाँ खर्च गरेका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार केशवराज पाण्डे र नुवाकोट क्षेत्र नं. १ (२) को प्रदेशसभा सदस्यका उम्मेदवार रामकृष्ण ढकालले १००/१०० डलर अर्थात् १२ हजार ९५७ रुपैयाँ खर्च गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी जिताउ अभियान नामक फेसबुक पेजले मङ्सिर ४ मा कलम चिन्हमा मतदान गर्न प्रचारका लागि १०० डलर अर्थात् १२ हजार ९५७ रुपैयाँ खर्च गरेका छन् ।

निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ। 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top