२०८१, १४ बैशाख शुक्रबार

निर्वाचन अफर योजना: ९८ रुपैयाँमै ६ जीबी डाटा

डबली खबर     कार्तिक २८ २०७९ १५:०४

election offer gsm internet nepal telecom
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन अफर सार्वजनिक गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २ सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।

यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top