२०८१, १४ बैशाख शुक्रबार

ग्लोबल आईएमइ बैंकका ग्राहकलाई नेपाल टेलिकममा डाटा शुल्क नलाग्ने

डबली खबर     कार्तिक २४ २०७९ १२:१८

global ime bank free mobile data internet in nepal telecom
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ – नेपाल टेलिकममा ग्लोबल आईएमइ बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने भएको छ । बैंक र नेपाल टेलिकमबीच यस सम्बन्धी सम्झौता भएको हो ।

अबदेखि नेपाल टेलिकमको नेटवर्कमार्फत ग्लोबल आईएमइ बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङ्गलाई प्रवर्द्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

वाईफाईको सुविधा नहुदाँ मोबाईल बैंकिङ एप प्रयोगमा ग्राहकमा असुविधा र झन्झटिलो भइरहेको अवस्थामा बैंकले यस प्रकारको सुविधा ल्याएको जनाएको छ । ग्राहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

गत वर्ष बैंकले नेपाल टेलिकमसंग सम्झौता गरेतापनि कार्यन्वयन चुस्तता थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top