२०८०, २३ मंसिर शनिबार
social securities awareness bidur municipality

‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक मिडिया अभिमुखीकरण

डबली खबर     कार्तिक २० २०७९ १५:१९

Media Orientation on Role of Media in Elections 2079 Nepal Nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटको विदुरमा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरूको भूमिकाका विषयमा छलफल र निर्वाचनका बारेमा अभिमुखीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताए ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । आचारसंहिताको पालना राजनैतिक दल, उम्मेदवारलगायतले मात्र नभई व्यक्तिगत रुपमा नागरिकलले पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनको सुरक्षा व्यवस्थाअनुसार नुवाकोटमा कार्य अघि बढाइएको बताए । मा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले पत्रकार र मिडियामाध्यामले निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरूको भूमिका र आचारसंहिता बारे प्रस्ट पारेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top