२०८१, १४ बैशाख शुक्रबार

कलाका लागि साङ्गीतिक यात्रा ‘देउसी भैलो’

डबली खबर     कार्तिक १२ २०७९ १४:४४

nirmal tamang dance india dance season 5 1st runnerup nuwakot deusi bhailo
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कलाको लागि चारदिने सांस्कृतिक एवं साङ्गीतिक यात्रा ‘निर्मल तामाङ देउसी भैलो’ सम्पन्न भएको छ ।

त्रिशुलीमा रहेको निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरले तिहारको अवसरमा कार्तिक ७ गतेदेखि १० गतेसम्म सांस्कृतिक एवं साङ्गीतिक यात्रामा पुरा गरेको कार्यक्रम व्यवस्थापक महेन्द्र श्रेष्ठले बताए ।

बट्टार, विदुर, ढुंगे, त्रिशूली र कोलेनी संस्करण गरी चारदिने सांस्कृतिक एवं साङ्गीतिक यात्रा गरिएको डान्स सेन्टरका प्रशिक्षक निर्मल तामाङले बताए । नुवाकोटका विदुर नगरपालिका क्षेत्रका प्रमुख बजार क्षेत्रमा तिहारको अवसरमा शुभकामना आदानप्रदानको साथै कलाको पहिचान र प्रवर्द्धनको लागि सांस्कृतिक यात्रा सफलतापूर्वक सम्पन्न गरिएको तामाङले बताए ।

देउसीभैलोमा संकलन भएको भेटीलाई डान्ससेन्टरमा आवश्यक सामग्री खरिद गरि प्रशिक्षार्थीहरुलाई सहजता प्रदान गरिने जनाएको छ ।

सांस्कृतिक एवं साङ्गीतिक यात्रामा नुवाकोटका उदयमान गायक बसन्त बुढाथोकीले साथ दिएका थिए । उनले हरेक संस्करणमा नेपाली आधुनिक, पप, नेपाली चलचित्रका गीतहरु प्रस्तुत गर्नुको साथै हिन्दी र अंग्रेजी गीतहरु गाएका थिए ।

यस्तै, शुक्रबार सांस्कृतिक एवं साङ्गीतिक यात्रामा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाई प्रोत्साहनस्वरूप नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

डान्स इण्डिया डान्सको सिजन ५ का द्वितीय स्थानको उपाधी हासिल गरेका तामाङले आफ्नो जन्मथलो नुवाकोट जिल्लालाई नृत्यको क्षेत्रबाट पहिचान गराउनको लागि त्रिशूलीमा डान्स सेन्टर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top