२०८१, ११ बैशाख मंगलवार

विदेशिएका परिवारको दुःख देखाउने लघु चलचित्र ‘धुकधुकी’

डबली खबर     कार्तिक ८ २०७९ १३:३२

dhukdhuki nepali short movie
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – गीतकार तारा अधिकारीको लेखन निर्देशन रहेको लघु चलचित्र ‘धुकधुकी’ सार्वजनिक गरिएको छ । उक्त लघु चलचित्रमा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।

रोगले ग्रस्त बाबुको परदेशीएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टिका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुःख हेर्ने आमाको चाहना पुरा नभएको दृष्य धुकधुकीमा छ ।

लघु चलचित्र धुकधुकीमा सुवास प्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बाल कलाकार रियांसी थापाको अभिनय छ ।

यो लघु चलचित्रमा सहायक निर्देशक बाबुराम निरौला, छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्का, ब्याकग्राउन्ड म्युजिक प्रदिप श्रेष्ठको छ । निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो लघु चलचित्र चन्द्र विनायक फिल्म्समा पोष्ट प्रोडक्सन गरिएको हो ।

गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु चलचित्र हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top