२०८१, १७ बैशाख सोमबार

नुवाकोट २: सात जनाले दिए स्वतन्त्र उम्मेदवारी

डबली खबर     आश्विन २३ २०७९ २२:४८

dabalikhabar nuwakot election 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यको लागि ३ जना र प्रदेशसभा सदस्यको लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि छुट्टाछुट्टै रुपमा सात जनाले उम्मेदवारी मनोनयन गराएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट गायत्री दाहाल, विनोदकुमार तामाङ र सुदर्शन पुडासैनीले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को लागि स्वतन्त्रबाट देवेन्द्र न्यौपाने, भरत कुमाल र शम्भुप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को लागि भिमराजा लामाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top