२०८१, २३ बैशाख आईतवार

गोल्डस्टार जुत्ता किन्दा ‘आइएमई पे’ गर्दा २० प्रतिशत छुट

डबली खबर     आश्विन ६ २०७९ १७:४१

imepay goldstar 20 percent flat discount
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनुहुनेछ । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नुहुनेछ । यद्यपि, विजेताहरुले डेलिवरि चार्ज भने स्वयम नै तिर्नु पर्ने शर्त राखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top