२०८१, १४ बैशाख शुक्रबार

एमाले नुवाकोट जिल्ला पूर्ण कमिटिको बैठक सम्पन्न

डबली खबर     भाद्र २० २०७९ १७:२२

cpuml party nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको जिल्ला पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ ।

होटल दास इन विदुरमा आयोजित बैठकले आगामी आसन्न निर्वाचनको लागि पुर्व तयारीमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर–४ का लागि घोषणा भएसँगै एमाले जिल्ला अध्यक्ष बद्री मैनालीको संयाेजकत्वमा दुईहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

जिल्लाबाट निर्वाचनको लागि सिफारिसमा परेका उम्मेदवारहरूकाे छलफल गरी रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको प्रमुख आतिथ्यता रहेको बैठकमा जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, संघिय सांसद नारायणप्रसाद खतिवडाकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top