२०८१, १७ बैशाख सोमबार

नेपाली युवा उद्यमी मञ्चको ‘स्टार्टअप अवार्ड’

डबली खबर     भाद्र १३ २०७९ ०६:५७

Nepalese Young Entrepreneurs' Forum (NYEF)
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृतसमेत गर्ने भएको छ । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्सपोजर, मेन्टरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।

अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ ।

स्टार्टअपले आफ्नो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण बुझाउनु पर्नेछ । अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ । यि सवै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् ।

नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन । यस प्रतिस्पर्धामा पहिलो उत्कृष्टले क्रमशः ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्ने बताईएको छ ।

यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्योरेन्स र सहप्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । दर्ता फाराम भाद्र १० गते शुक्रबारदेखि खुलेको छ ।

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्व रुपैया विनियोजन गरेको छ । जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ । यस घोषणाले हाम्रा नेपाली उद्यमीहरु पुरा लाभान्भित हुनेछन् र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने प्रति उद्यमी मञ्च विश्वस्त छ ।

अनलाईन निवेदनको लागि यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top