+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसद्वारा बेलकोटगढी सभापति मुडभरीसँग स्पष्टिकरण माग

nepali congress nuwakot belakotgadhi
डबली खबर
३ साल अगाडी

विदुर – नेपाली कांग्रेस नुवाकोटले बेलकोटगढी नगर सभापति लेखनाथ मुडभरीसँग स्पष्टीकरण मागेको छ । मुडभरीले पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिनको कारण माग्दै स्पष्टिकरण पत्र काटेका हुन् ।

जिल्ला अनुशासन समिति नुवाकोटका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी पत्रमा भनिएको छ “नेपाली कांग्रेसद्वारा शुक्रबार एक पत्र जारी गर्दै जिल्ला अनुशासन समिति नुवाकोटमा प्राप्त निवेदन बमोजिम सामाजिक संजालमा जिल्लादेखि केन्द्रीयस्तरका नेताहरुले करौडौं रकम लिई स्थानीय निर्वाचनको टिकट वितरण गरेको लाल्छना लगाई चरित्र हत्या हुने अभिव्यक्ति देखिएकोले नेपाली कांग्रेसको विधान २०१७ को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम नेपाली कांग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति बिपरित हुने गरी अनुशासन उल्लंघन भएकोले तपाईलाई आफूमाथि लागेको आरोपबारे सप्रमाण खण्डन गरी चार दिनभित्र यस अनुशासन समितिमा स्पष्टीकरण पेश गर्नहुन निर्देशन गरिन्छ।”

पत्रमा मुडभरीले सामाजिक संजालमा व्यक्त गरेको अभिव्यक्तिको स्क्रीनसटसमेत राखी जिल्ला कार्यसमिति र बागमती प्रदेशलाई समेत पत्र पठाएको उल्लेख छ।

पार्टीको नीति, निर्णय र विधान विपरित अभिव्यक्ति दिएकाले स्पष्टीकरण खुलाउन पत्रचार गरिएको जिल्ला अनुशासन समिति नुवाकोटका संयोजक श्रीराम श्रेष्ठले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ