विदुर । नुवाकोट त्रिशुलीका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई राक्षस (भूत) भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।
मंगलबार स्थानीय युवाहरुले गठेमंगल पर्व मनाउन साँझ आगो बालेर ‘राक्षस’ भगाएका छन् ।
यसपटक परालको पुतलामा राक्षसको स्वरूप चित्र बनाएर राक्षसको मुखमा आगो लगाएर घिसार्दै त्रिशुली टोल परिक्रमापछि खोलामा पुर्याएर अन्त्येष्टि गरिएको स्थानीय युवा महेन्द्र श्रेष्ठले बताए ।
श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलाम धातुको औँठी लगाउने गरिन्छ । गठेमंगलकै दिन घरको मूल ढोकामा विशेष किसिमको किला ठोक्ने गर्दछन् ।
गठेमंगललाई घण्टाकर्ण पर्वका रुपमा पनि मनाईन्छ ।
प्रतिक्रिया