२०८१, १४ बैशाख शुक्रबार

सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड विदेशी ऋण

डबली खबर     असार ३२ २०७९ ०७:१५

sunrise bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृती सँगै विदेशी ऋण भित्र्याएको छ । बैंकले स्विजरल्याण्डको जेनेभास्थित सिमबायोटिक एसए बाट ३ बर्षका लागि २ अर्ब ३७ करोड रुपयाँ ऋण ल्याएको हो ।

देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जानकारी दिएको छ ।

भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

सिमबायोटिक एसएले सन्राइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top