sujim advert

अवैध लागूऔषधसहित तीन जना पक्राउ

डबली खबर     असार ८, २०७९

sizen education new intake 2025
ananda Jewellery shop

Jail prison
bidur tax consultancy services in nuwakot

नुवाकोट – नवलपरासी र पर्साबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती नगरपालिका-३ सहिद स्मृति स्कुल नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८८ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-३ बस्ने १८ वर्षीय किशोर र नुवाकोट विदुर नगरपालिका-४ बस्ने २० वर्षीय सुनिल भुजेल रहेका छन् ।

यस्तै, पटेर्वासुगौली गाउँपालिका-४ अकुवा टोलबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित ६८ वर्षीय रामेश्वर पन्जियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top