२०८१, ८ बैशाख शनिबार

पूर्वअध्यक्ष खड्काको निधन

डबली खबर     असार ५ २०७९ ०७:११

late dhanaraj khadaka ex chairman raprapa nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका पूर्वअध्यक्ष धनराज खड्काको निधन भएको छ ।

काठमाडौंस्थित आफ्नै घरमा शुक्रबार ८३ बर्षको उमेरमा निधन भएको हो । केही समयदेखि बिरामी रहेका खड्का घरमै उपचारत रहेका थिए ।

खड्काको असार ४ गते शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी र राप्रपाका सहायक महामन्त्री दीपककुमार राईले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

तत्कालीन कल्याणपुर गाउँपञ्चायतका प्रधानपञ्च, साविक कल्याणपुर गाउँ विकास समितिका अध्यक्ष समेत रहेका थिए । खड्का अजिङ्गरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पञ्चकन्या इङ्लिस स्कुलको सञ्चालक समितिका संस्थापक अध्यक्ष समेत रहेका थिए ।

खड्का साविक कल्याणपुर गाविसको राजनीतिक तथा सामाजिक अभिभावकको रुपमा परिचित थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top