२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा कला मोटर्स र होण्डाको सार्वजनिक शौचालय सुरुवात

डबली खबर     असार ४ २०७९ ०६:३०

public toilet in nuwakot battar sangam chwok
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – महिन्द्रा गाडीहरुको नुवाकोट र रसूवाको लागि अधिकारिक बिक्रेता रहेको कला मोटर्सले निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको छ ।

विदुर नगरपालिका संगमचोकमा रहेको उक्त कम्पनीले आफ्ना कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको हो ।

पैदल यात्रुहरुको सहजता र विदुर नगरपालिकालाई सुन्दर राख्न यस किसिमको अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, नुवाकोटको लागि होण्डा शोरुमका आधिकारिक बिक्रेता कुमारी इन्टर्प्राइजेजले पनि नि:शुल्क सार्वजनिक शौचालयको सुरुवात गरेको छ । होण्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेअनुसार संगमचोकमा रहेको शोरुममा पनि नि:शुल्क सार्वजनिक शौचालय सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहको एजेन्डालाई मध्यनजर गर्दै यस्ता सुविधाको अभियान नै चलेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top