२०७९, १२ असार आईतवार

एमालेलाई चुनावमा सघाउने नुवाकोटका कलाकारहरु सम्मानित

डबली खबर     जेष्ठ २९ २०७९ १९:२७

uml damodar khatiwada nuwakot
Diyo Pathshala Montessori

नुवाकोट – स्थानीय तहको निर्वाचनमा गीतमार्फत चुनाव प्रचार प्रसारमा सहयोग गर्ने कलाकारहरु सम्मानित भएका छन् ।

राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले स्थानीय तहको निर्वाचन केन्द्रित गरेर चुनावी गीतका सर्जक, गायक, गायिका, संगीतकार अभिनय गर्ने कलाकारहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सम्मान गरेका छन् ।

नुवाकोटबाट कलाकार दामोदर खतिवडा “आउँ हामीसँगै बसम् जनताको माझैमा” बोलको गीतबाट सम्मानित भएका हुन् । गीतमा खतिवडाकै शब्द, संगीत र स्वर रहेको थियो ।

“एमाले जिन्दावाद” बोलको गीतकी गायिका सुमित्रा भट्टराई, माधव पण्डित लगायतका कलाकार सम्मानित भएका छन् ।

यस्तै, सहयोगीदाताहरु विदुर नगरपालिकाका प्रत्यासी उपमेयर अम्बिका पौडेल नेपाल, ६ नम्बर वडाका अध्यक्ष श्यामकृष्ण चालिसे, विनयप्रसाद लामिछाने लगायतका व्यक्तित्व सम्मानित भएका छन् ।

संघका अध्यक्ष बैकुण्ठ महतकाअनुसार स्थानीय निर्वाचनका बेला एमालेको पक्षमा जनमत निर्माणमा सहयोग गरेका करिब दुईसय भन्दा कलाकारलाई सम्मान गरिएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top