२०८१, ८ बैशाख शनिबार

‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक (भिडिओ)

डबली खबर     जेष्ठ २६ २०७९ १०:०६

ghanachakkar nepali movie in nepal bhasha language
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपाली कथानक चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक भएको छ ।

भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र असार १० गतेबाट रिलिजको तयारीमा रहेका चलचित्रको गीतमा भूपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर रहेको छ । बिजेन श्रेष्ठको संगीत रहेको छ l

जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको चलचित्रमा मुख्य पात्र बिचको प्रेम र पैसाको चक्कर देखाइएको छ । करुणा अर्याल र संगम भट्टको लगानी छ । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको चलचित्रमा अनुपम द्धिवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् ।

अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डी गुरुङको सम्पादन फिल्ममा देख्न सकिन्छ l सुसन प्रजापतिले खिचेको फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिलिमस्ले वितरण गर्दै छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top