२०७९, ३ भाद्र शुक्रबार

आइएमई पेबाट ज्योति लाइफको प्रिमियम तिर्दा १००० रुपैयाँसम्म फिर्ता पाईने

डबली खबर     जेष्ठ २५ २०७९ १९:०१

ime pay jyoti life insurance
Diyo Pathshala Montessori

काठमाडौं । ‘आइएमई पे’ ले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

यस्तै, अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडीसमेत जित्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top