गीतकार तारा अधिकारीको नयाँ गीत “ताँती” को म्युजिक भिडिओ सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।
गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वर राज तण्डुकारको छ । तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई राजेश्वर राज तण्डुकारले मिक्सिङ गरेका हुन् ।
गीतको भिडिओमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
सामान्य ग्रामिण परिवेशको बस्तीमा छाँयांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । यस अघि सुनौलो तारा मोसन पिक्चर्समा नै अपलोड गरिएको नाजिर हुसेनको अभिनय रहेको गीत गुलेलीमा र लुकी लुकीले दर्शकको निकै राम्रो साथ पाएका थिए । यो गीतले पनि त्यस्तै साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गरेकी छन् ।
प्रतिक्रिया